June 27, 2017

हाँच्छिउ बारम्बार किन आउँछ ?

काठमाण्डौ, ४ वैशाख । हामी कहाँ धेरै प्रकारका अन्धविश्वासहरु रहेका छन् । ती अन्धविश्वासहरु मध्ये हँच्छिउ आउँदा पनि अनेकौं अन्धविश्वासको सामना गर्नुपर्ने हुनसक्छ ।

तर हँच्छिउ किन आउँछ त, थाहा पाइराखौं–
१. छिटो छिटो खानु

यदि हामी हतार भयो भनेर छिटो छिटो खान्छौं भने त्यो खाना गएर घाँटीमा अड्कने सम्भावना हुन्छ । यस्तो अवस्थामा छिटो छिटो पानी पिएर खानालाई पेटभित्र धकेल्न कोशिस गर्दा पनि हँच्छिउ आउने गर्दछ । यसको अलावा धेरै मसाला हालेको मसालेदार र पिरो खाने कुराले पनि हँच्छिउ आउने गर्दछ ।

२. धेरै खाँदा

इदि तपाई छिटो छिटो खानुहुन्न तर धेरै मात्रामा खानु हुन्छ भनेपनि यसले हँच्छिउको सम्भावना प्रबल निम्त्याउँछ । साथै अनुसन्धानकर्ताहरुले धेरै मात्रामा मद्यपान गर्ने मानिसलाई पनि हँच्छिउ धेरै मात्रामा आउने बताएका छन् ।

३. ग्यास्टिकको समस्या

 

कतिपय अवस्थामा पेटमा पीडा हुनु र ग्यास्टिकको समस्या हुनुको कारणले पनि हँच्छिउको समस्या उत्पन्न हुने गर्दछ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनु नै उत्तम हुन्छ ।

४. औषधीको असर

मेरीसहेली डट कमको अनुसार हरसमय शरीरिक बदलावले मात्र हँच्छिउ आउँदैन बरु शरीरमा औषधीको असरले पनि हँच्छिउ आउने गर्दछ । यस्तो अवस्थामा औषधी सेवन गर्नुपूर्व सोचेर मात्र प्रयोग गर्नुपर्छ ।

५. कुनै बिरामीको कारणले

कतिपय अवस्थामा कुनै पुरानो रोगको कारणले पनि हँच्छिउ आउने गर्दछ । तर यदि तपाईलाई हँच्छिउ सुरु भयो र रोकिँदैन भने यो सम्झिनुस् कि कुनै पुरानो रोगको कारणले हो ।

हँच्छिउबाट खतरा–
कुनै हँच्छिउ त क्षणभरमै रोकिने गर्दछ । तर यदि बारम्बार पनि हँच्छिउ रोकिएन भने तपाई सतर्क हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा चिकित्सकको राय लिनुपर्ने हुन्छ ।