September 23, 2017

हत्याको आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ

काठमाण्डौ, २४ फाल्गुन । श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा अष्ट्रेलियाको प्रहरीले तीन नेपालीलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान भने हुन सकेको छैन् ।

शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो । गत ३ तारिक बेलुकी ८:२० बजे कसैले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो भनी विज्ञप्तिमा उल्लेख गरीएको छ ।
घटनास्थल पुगेपछि प्रहरीले एउटा घरमा ३९ वर्षीय युवकको विभत्स अवस्थामा रहेको अवस्थामा शव फेला परेको थियो ।

गुप्तचरहरुले लगातार अनुसन्धान गरेपछि तीन नेपालीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमध्ये ४४ वर्षीय व्यक्तिलाई डाभोरेन पार्कबाट र ४८ वर्षीयलाई एलिजाबेथ नर्थबाट पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई आज एलिजाबेथ म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराएको थियो अदालतले पक्राउ परेका व्याक्तिलाई हिरासतमा राख्ने अनुमति दिएको छ ।