October 22, 2017

हङकङद्वारा नेपालसामु २१५ रनको लक्ष्य पेश

काठमाण्डौ,१७ चैत्र । बंगालादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाइ हङकङले २१५ रनको चुनौती दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो । हङकङका लागि ओपनरद्वय क्यामरोन र अंशुबमले सर्वाधिक ९५ रनको साझेदारी गरे । नेपालका लागि अभिनाश कर्णले भने सर्वाधिक ३ विकेट लिए ।

यस्तै भुवन कार्की, शुसान भारी र कप्तान ज्ञानेन्द्र मल्लले २/२ तथा सन्दिप लामिछाने १ विकेट लिए ।