August 17, 2017

स्वेच्छाले देश छोडने आप्रवासीलाई अष्ट्रेलियाले दोब्बर पैसा दिने

काठमाण्डौ, ११ चैत्र । अष्ट्रेलियाले देश छोडने अाप्रवासीलाइ दोब्बर पैसा दिने भएको छ । यो रकम आफ्नो स्वेच्छाले देश छोड्ने नागरिलाई दिने भएको हो । यो रकम ३५ हजार अष्ट्रेलियन डलरबाट बढाएर ७० हजार  बनाइएको छ ।

अष्ट्रेलियाका गृहमन्त्री वुल्फगाङ सोबोक्टाले आफ्नो देश जान चाहने आप्रबासिलाई यो स्किम महत्वपपूर्ण भएको बताएका छन् । सुरुमा  एक हजार जना अाप्रवासी नागरिकलाई यो मौका दिइने उनले बताए । यो प्रथामिकतामा इराक, इरान र छिमेकी देशहरु परेका छन् ।

सरकारी स्रोतका अनुसार १० हजार ७ सय शरणार्थिमध्ये ५ हजार ८ सयले गत वर्ष स्वेच्छाले अष्ट्रेलिया छोडेका थिए । अष्ट्रेलियामा हरेक हप्ता एक हजार शरणार्थीकाे प्रवेश हुने गर्दछ ।