August 20, 2017

स्वीडेनले माग्यो ह्वाईट हाउससँग जवाफ

फ्लोरीडा, ९ फाल्गुन । फ्लोरीडामा भएको र्यालीलाई सम्बेधान गर्दै अमेरिकी राष्टपति ट्रम्पले आप्रवासीका कारण स्वीडेनमा हिजो राति के भयो भनेपछि स्वीडेनले ह्वाइट हाउससँग जवाफ मागेको छ ।
आप्रवासीकाकारण विश्वका बिभिन्न देशमा भईरहेका समस्याहरुको उदाहरण दिदै ट्रम्पले भनेका थिए ‘हेर्नुहोस आप्रवासीका कारण जर्मनीमा के भईरहेको छ । स्वीडेनमा हिजो राती के भयो । ब्रसेल, पेरिस, लण्डनको अवस्थापनि त्यस्तै छ ।’
‘हामीले बिना प्रमाणका धेरै आप्रवासीलाई शरण दियौँ । तर अब हामी हाम्रो देशलाई सुरक्षित बनाउछौ ।’
ट्रम्पको दिएको बिवादित बयानको स्वीडेनले जवाफ मागेको छ । स्वीडेनले भनेको छ ‘राष्ट्रपति ट्रम्पले कुन घटनाको बारेका भनेका हुन त्यसको स्पष्ट जवाफ चाहिन्छ ।’ एजेन्सी