स्वीडेनको डिपार्टमेन्टल स्टोरमा भएको घटनामा एक व्यक्ति गिरफ्तार

काठमाण्डौ, २६ चैत्र । स्विडेनको राजधानी स्टकहोममा रहेको एक डिपार्टमेन्टल स्टोरमा ट्रक घुसाएर हमला गर्ने घटनामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

स्विडिश मिडियाका अनुसार, घटनामा परी कम्तिमा ४ जनाको मृत्यु भएको छ । स्वीडेनका प्रधानमन्त्री स्टीफन लोवियनले यो घटनालाई चरमपन्थी हमलाको संज्ञा दिएका छन् ।

स्टकहोमको उत्तरी उपनगर इलाकामा पुलिसले सिसिटिभिमा कैद भएको एक तस्बिर जारी गर्दै भनेको छ, घटनाका बारे हामी त्यो व्यक्तिसँग कुरा गर्न चाहन्छौं ।

तर गिरफ्तार गएिको व्यक्तिको बारेमा भने पुलिसले केही जानकारी दिएको छैन । घटनामा घटाइएको उक्त ट्रक थियो, उनका अनुसार त्यो ट्रक अपहरित थियो ।

स्वीडिश पुलिसका अनुसार घटनामा परी अन्य धेरै घाइते भएका छन् । स्टकहोमको उपनगरीय रेल नेटवर्क बन्द गरिएको छ भने मुख्य स्टेशन खाली गरिएको छ । पुलिसले मानिसहरुलाई सिटी सेन्टरको आसपास नआउन अपिल पनि गरेको छ ।