स्वीडेनको डिपार्टमेन्टल स्टोरमा ट्रक घुस्दा ३ जनाको मृत्यु

काठमाण्डौ, २५ चैत्र । स्वीडेनको राजधानी स्टकहोममा भिडमा ट्रक घुस्दा ३ जनाको मृत्यु भएको छ । स्वीडेन मिडियाका अनुसार, स्टकहोममा रहेको एक स्टोरमा ट्रक घुस्दा ३ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

स्वीडेनका प्रधानमन्त्री स्टीफन लोवियनले यो घटनालाई चरमपन्थीको हमला हो भनेका छन् । यो घटनामा स्वीडेनको पुलिसले एक अभियुक्तलाई गिरफ्तार गरेको छ । यद्दपि स्वीडेन पुलिसले गिरफ्तार गरेको व्यक्तिको बारेमा कुनै जानकारी दिएको छैन ।

प्रत्यक्षदर्शीका अनुसार, एउटा डिपार्टमेन्टल स्टोरमा तीव्रगतिमा ट्रक आएर ठोकिएको थियो । बीबीसीका रक्षा संवाददाता फ्रैंक गार्डेनरले सूत्रको माध्यमद्वारा के बताए भने, स्टकहोमको दोस्रो भागमा गोलाबारी पनि भएको थियो । तर यो घटनामा कसको हात छ त्यो भने यकिन भइसकेको छैन ।