July 24, 2017

स्वास्थ्य सेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता हो–मन्त्री थापा

काठमाण्डौ, १५ फाल्गुन । स्वास्थ्यमन्त्री गगन थापाले विपन्न नागरिकलाई स्वास्थ्य सेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताए छन् ।

पाँचौँ स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले आईतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउनका लागि औषधी सस्तो बनाउन मन्त्रालय लागि परेको बताए ।

सर्वसाधारणलाई सेवा विस्तार गर्न नेपाली सेना र नेपाल प्रहरीका अस्पतालसँग सहकार्य गरेर काम गर्न मन्त्रालय लागिरहेको उनको भनाई छ । उनले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनका लागि काठमाडौँका विभिन्न १० स्थानमा स्वास्थ्य केन्द्र राख्न लागिएको जानकारी दिँदै ऐन संशोधनका लागि आफू प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य सेवामा उत्कृष्ट योगदान पुर्याएका जिल्ला अछाम, सुर्खेत र बैतडीलाई सम्मान गरिएको थियो ।

‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ यस बर्ष पाँचौँ स्वास्थ्य सेवा दिवस मनाईएको हो ।