October 19, 2017

स्वास्थ्यमन्त्री थापा पनि सरसफाई कार्यक्रममा

काठमाण्डौ, २६ चैत्र । स्वास्थ्य मन्त्री गगन थापासहित स्यवंसेवी युवाहरुको समूहले आज काठमाण्डौ पुतलीसडकदेखि मैतीदेवीसम्म सरसफाई गरेको छ ।

काठमाण्डौ अरबिट इन्टरनेशनलको पहलमा प्रत्येक शनिबार काठमाण्डौका विभिन्न स्थानमा सरसफाई गर्दै आएको यो समूहले आज पुतलीसडकदेखि मैतीदेवीसम्मको क्षेत्रमा सरसफाई गरेको हो ।

वातावरणीय चेतना अभिवृद्धिका साथै सभ्य समाज निर्माणका लागि आफूहरु सरसफाईमा लागेको उनीहरुले बताए । कार्यक्रममा स्वास्थ्य मन्त्री थापाका साथै प्रवक्ता डा. हरि लम्साल पनि सहभागी थिए ।

‘तपाई र म मिलेर हामी बनौं, हामी हामी मिलेर हाम्रो सहर बनाऔं ” भन्ने नाराका साथ यो समूहले काठमाण्डौका विभिन्न क्षेत्रमा सरफाई गर्दै आएको छ ।