स्ववियू निर्वाचन जित्न धमाधम फर्जी विद्यार्थी भर्ना गरिदै

२६ माघ, काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जित्नका लागि ठूला विद्यार्थी सङ्गठनहरुले धमाधम फर्जी विद्यार्थी भर्ना गरिरहेको पाइएको छ ।

राजधानीको मिन भवनस्थित नेपाल कर्मस क्याम्पसमा बुधवार साँझ ८ वजेसम्म करिब १ हजार ६ सय फर्जी विद्यार्थीको भर्ना गरिएको बताइएको छ । केही साना विद्यार्थी सँगठनहरुले फर्जी भर्नाको विरोध गर्दा बुधवार बेलुका मिनभवन क्याम्पसमा झडपको स्थिति आएको थियो ।


क्याम्पस प्रशासन हरेक दिन दिउसो ४ बजेसम्म खुला रहने भए पनि बुधवार फर्जी विद्यार्थी भर्ना गर्नकै लागि साँझ ८ बजेसम्म खुल्ला गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयको कार्यकारी समितिले २०७३ माघ १३ मा सबै संकायको प्रथम वर्षको भर्ना रोकेर बाँकी सेमेस्टरको भर्ना माघ २८ गते सम्मलाई तोकिएको थियो ।

भर्नाको अन्तिम मिति सकिन दुइदिन बाँकीरहदा विद्यार्थी सङ्गठनहरु लाखौ  रुपैयाँ बोकेर सैयौँ फर्जी विद्यार्थी भर्ना गरिहेका छन् ।
भर्ना गर्न छुटेका विद्यार्थीलाई भर्नाको सुविधा दिए पनि एकमुष्ठ रुपमा भर्ना गर्न नपाइने व्यवस्था त्रिबिले गरेको थियो । तर ठूला विद्यार्थी सँगठनहरुले सयौको सँख्यामा एकमुष्ठ विद्यार्थी भर्ना गरेको पाइएको छ ।

साना १० बिद्यार्थी संगठनहरुले स्ववियू निर्वाचन स्थगित लगायतका विभिन्न माग राख्दै आन्दोलनमा रहेकाबेला जिम्मेवार भनिएका ठुला विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचन जित्नैकै लागि फर्जी कार्य गर्नुलाई नियमित विद्यार्थीहरुले आश्चर्यका रुपमा लिएका छन ।