August 20, 2017

स्ववियु निर्वाचन रोकिनुमा प्रमुख दल दोषी– नविना लामा

काठमाण्डौ, २३ फाल्गुन । एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौको आर आर क्याम्पसमा निर्वाचन रोकिनुमा प्रमुखदल दोषी रहेको आरोप लगाएको छ ।

सोमबार आर आर क्याम्पसबाहिर विरोध सभा गर्दे अनेरास्ववियुका अध्यक्ष नविनालामाले त्रिविले चाहदा चाहदै पनि प्रमुख दलको निर्देशनमा निर्वाचन रोकिएको आरोप लगाएकी छन् । आफुले त्रिवि पदाधिकारीसँग कुरा गर्दा निर्वाचनप्रति सकारात्मक पाईएको भन्दै षडयन्त्रपूर्वक निर्वाचन रोकिएको दाबी गरेकी छन् ।

आर आर क्याम्पसमा सोमबार निर्वाचनको तयारी भएपनि प्रहरी प्रशासनले क्याम्पस प्रवेशमा रोक लगाएको थियो । अध्यक्ष लामाले निर्वाचन नहुनु दुखद भएको भन्दै यसले बिद्यार्थीको अधिकार कुण्ठित गरेको धारणा राखेकी छन् ।

निर्वाचनको विषयलाई लिएर आर आर क्याम्पसमा केहि दिन यता निरन्तर तनाव उत्पन्न हुदै आएको थियो ।

क्याम्पसमा नेविसंघ बाहेकका विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन् । आर आर स्ववियु चुनाव हुने देशकै प्रमुख मध्येको एक क्याम्पस हो ।