October 18, 2017

स्ववियु निर्वाचन चुस्त पार्न सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको निर्देशन

काठमाण्डौ ४ फाल्गुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा मंगलबार भएको छलफलका क्रममा मन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखलाई यस्तो निर्देशन दिएका हुन । छलफलमा काठमाडैंस्थित केहि क्याम्पसका प्रमुखहरुले निर्वाचन केही दिन पर सार्न सुझाव दिएका थिए । तर मन्त्री निधिले भने निर्वाचन सार्न उपयुक्त नहुने बताए ।

स्ववियु निर्वाचनको विषयमा गृहमन्त्रीले मंगलबार सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार र उपत्यकाका क्याम्पस प्रमुखहरुसँग छलफल गरेका हुन ।