September 23, 2017

स्ववियु निर्वाचनमा १० विद्यार्थी संगठनले भाग लिने

२ फल्गुण, काडमाण्डौ । आगामी फागुण १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १० विद्यार्थी संगठनले भाग लिने भएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, लगाएतका संगठनले तोकिएकै मितिमा निर्वाचन गर्न आफुहरू तयार रहेको बताए ।

अनेरास्ववियू विद्यार्थी संगठ्नकी अध्यक्ष नविना लामाले पूर्ण समानुपातिक र उमेर हदको बिषयलाई लिएर क्याम्पसमा तालाबन्दी गर्ने काम जायज नभएको भन्दै सबै विद्यार्थी संगठनहरुलाई स्ववियू निर्वाचनमा भाग लिन आग्रह गरीन । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आठ बर्षदेखि हुन नसकेको स्ववियू निर्वाचन यस पटक तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । मधेशी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादवले विद्यार्थी संगठनभित्र आफुपनि पुरानै विद्यार्थी नेता भएको दावि गरेका छन् ।

कार्यक्रममा राप्रपाका विद्यार्थी संगठनका नेता धनसुर शाही, अनेरास्ववियू पाँचौका घनश्याम मिश्र, लगायतका विद्यार्थी नेताले स्ववियु निर्वाचनका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।