स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना ६ जनाको मृत्यु, तीन घाईते

प्युठान, ११ चैत्र । ललितपुरको सात दोबाटोबाट धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्बरकोे स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि भिंगृ भन्ने ठाउँमा सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटना हालसम्म पाँच महिला र एक पुरुष गरी ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

गाडी चालक सरोज घले सहित तीन घना घाइते भएको स्वर्गद्वारी प्रहरी चौकीका प्रहरी साहयक निरीक्षक तिलक भट्टले बताए । गम्भीर घाइते तीन जनालाई प्राथमिक स्वाथ्य केन्द्र भिंगृमा उपचारको लागि पठाइएको छ ।

बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिंगमा बसेका थिए । उनीहरु दर्शनका लागि आज स्वर्गद्वारी जाँदै गरेका थिए । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।