September 25, 2017

स्वबियूमा नेविसंघ जिते मात्र स्थानिय निर्वाचनमा काँग्रेसले जित्छ :अध्यक्ष महर

उमेश भट्टराई

२६ माघ, काठमाण्डौ । नेपाल बिद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले फाल्गुन १४ मा हुन गईरहेको स्वबियु निर्वचनमा नेविसंघका उम्मेद्धवारले जिते मात्र स्थानिय निर्वाचनमा काँग्रेसले जित्ने बताएका छन ।

बुधबार नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको प्रथम वार्षिक पुन्य तिथीमा अध्यक्ष महरले स्थानिय निर्वाचनमा काँग्रेसको जित देख्नका लागि स्ववियूमा नेवि संघलाई जिताउन जरुरी रहेको उनले बताए ।

आन्तरिक विवादमा नफसी स्वबियू चुनाव जसरी पनि गराएर नेबिसंघलाई जिताउनु पर्ने अध्यक्ष महरले जोड दिए ।

स्वबियू चुनावमा पार्टीलाई पनि सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष महरले नेपाल बिद्यार्थी संघले जिते लोकतन्त्रले जित्ने र संविधान कार्यन्वयन हुने यदी नेपाल बिद्यार्थी संघले हारे लोकतन्त्र अल्पमतमा पर्ने र संबिधान कार्यन्यनमा समस्या आउन सक्ने बताए ।