June 27, 2017

स्वप्नदोषको कारण र निवारण

काठमाण्डौ, १ चैत्र । सुतेको बेलामा वीर्य स्खलन हुनुलाई स्वपनदोष भनिन्छ । यद्दपि युवावस्थामा यसो हुनु स्वभाविक हो ।

सुतेको बेलामा स्वतः वीर्यपतन हुने हुनाले नै यसलाई स्वपनदोष भनिएको हो । सपनामा कसैसँग समागम गरेको देखेर वीर्य स्खलन हुने गर्दछ ।

बिना कुनै सपना स्वपनदोष हुनु पनि सामान्य कुरा हो । यसको कारणहरु– कसिलो लुगा लगाउनु, रातमा पेटभरि खाना खानु, तातो दूध पिएर सुत्नु, अधिक मात्रामा आप या यस्तै गर्म फल खाएर सुत्नु आदि ।

यस्तै गर्म प्रकृतिको चीज, तेल, मसाला र अण्डा आदिको सेवन नगरेमा लाभ मिल्छ । हलुका कसरत र योगको सहायताबाट पनि यसबाट उन्मुक्ति पाउन सकिन्छ ।

यसो त स्वप्नदोषको समस्या विवाहपछि लगभग समाप्त हुने गर्दछ । तर फेरी समस्या त्यस्तै नै रह्यो भने उपचारको बाटो रोज्नु पर्ने हुन्छ ।

स्वपनदोषको कारण–
अश्लिल सामाग्री हेर्नु, पढ्नु
सहवासको बारेमा अत्याधिक रुचि राख्नु
बारम्बार स्त्रीसँग सहवास गरेको कल्पना गर्नु
खाना खाने बानी सुत्नुभन्दा ठीक अगाडि गर्नु
कब्जियत हुनु या पेटमा गर्म हुनु
राती कसिलो लुगा लगाएर सुत्नु
राती पिसाबलाई रोकेर राख्नु

स्वपनदोषको निवारण–
यो मानसिक समस्या हो, तसर्थ मन पवित्र राख्ने
चिसो पानीले नुहाउने
रातीको समयमा तातो दूध नपिउने
राती सुत्ने बेलामा खुट्टा चिसो पानीले धुने
उत्तेजनामूलक सामग्रीको पहुँचबाट टाढै रहने
सुत्नुभन्दा दुई, तीन घण्टा अघि नै भोजन गर्ने
सुत्नेबेला राम्रा पुस्तक पढ्ने जसले तपाईको मस्तिष्कलाई स्वच्छ राखोस्
नियमित प्राणायाम, योगासन र कसरत गर्ने
गुप्ताङ्ग वरिपरि सफा राख्ने आदि ।