October 20, 2017

स्वदेशमा नै रोजगारीको सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता : श्रममन्त्री गुरुङ्ग

काठमाण्डौ ,२४ चैत्र ।
श्रम तथा रोजगारमन्त्री सुर्यमान गुुरुङ्ले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रमा नितीगत सुधारको कार्य भईरहेको बताउनुभएको छ ।
बैदेशिक रोजगारमा घरेलु कामदारको अबस्थाका बिषयका बिहीबार काठमाडौमा आयोजित अन्र्तक्रियामा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
उहाले बैदेशिक रोजगार बृद्धि हुदा मुलुकको बिकास हुने कुरा असम्भव रहेको भन्दै स्वदेशमा नै रोजगारीको सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।
उहाले आफुले बैदेशिक क्षेत्रमा भएको अनियमिता उजागर गर्न खोज्दा भ्रष्टाचार गरेको आरोप लगाइएको गुनासो पनि गर्नुभयो ।
मन्त्री गुरुङले सरकारले फ्रि–भिसा, फ्रि–टिकटको नामम भईरहको गलत कार्यलाई समाप्त पारेरै छाड्ने प्रतिवद्धता पनि जनाउनुभयो । कार्यक्रममा बैदेशिक रोजगारमा घरेलु कामदारको अबस्थाका बिषयमा जानकारी गराईएको थियो ।