स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा

काठमाडौं, माघ १७ । स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा कायम रहेको छ ।

ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा रियल सोसिडाडमाथि तीन–शुन्यको जित निकालेको रियल म्याड्रिड तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । उसका लागि मोटेउ कोभासिस, क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरेका छन । रियलले १९ खेलबाट ४६ अंक प्राप्त गरेको छ । रियल बेटिससंग एक–एकको बराबरी खेल्दै बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

संघर्षपूर्ण खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन भने सकेन । रियल बेटिसकातर्फबाट अलेग्रीया मोरेनोकोले र बार्सिलोनाकातर्फबाट लुईस स्वारेजले गोल गरेका छन् । २० खेलमा ४२ अंकका साथ बार्सिलोना दोस्रो स्थानमा रहेको छ । ला लिगाकै अन्य खेलमा स्पानुयलले सेभिल्लालाई तीन–एकले र एथ्लिट्को विल्बाओले स्पोर्टिङ्ग गिजोनलाई दुई–एकले हराएका छन् ।