October 24, 2017

स्पेनिस ला लिगामा रियल म्याड्रिड, बार्सिलोना र भ्यालेन्सिया विजयी

काठमाण्डौ, २१ चैत्र । स्पेनिस ला लिगामा गएराति भएकाे खेलमा रियल म्याड्रिड, बार्सिलोना र भ्यालेन्सिया विजयी भएका छन् ।

अलाभेसलाई ३–० गोल अन्तरले पराजित गरेको रियल तालिकाको शीर्ष स्थानमा कायमै छ । रियलको जितमा करिम बेञ्जिमा, इस्को र नाचोले गोल गरे ।

त्यस्तै लियोनल मेस्सी बिना खेलिरहेको बार्सिलोनाले ग्रानाडामाथि ४–१ को शानदार जित निकाल्यो । बार्सिलोनाको जितमा ४४ औं मिनेटमा लुइस स्वारेज, ६४ औं मिनेटमा पाको अलसासेर, ८३ औं मिनेटमा इभान रेकिटिक र ९० औं मिनेटमा नेयमारले गोल गरे । ग्रानाडाकातर्फबाट जेरेमी बोगाले सान्त्वना गोल गरे ।

शीर्ष स्थानको रियलको २८ खेलबाट ६८ अंक रहेको छ भने एक खेल बढी खेल्दै ६६ अंकका साथ बार्सिलोना दोस्रो स्थानमा कायम छ ।

ला लिगाकै अन्य खेलमा भ्यालेन्सियाले डिर्पोटिभो ला कोरुनालाई ३–० ले पराजित गर्‍यो भने सेभिल्ला र स्पोर्टिङ गिजोनले गोलरहित बराबरी खेले ।