October 22, 2017

स्पेनका दुई महारथी रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाण्डौ, १० वैशाख । आईतबार राति रियल म्याड्रिडको विरनाविउ घरेलु मैदानमा स्पेनिस दुई महारथी क्लब रियल म्याड्रिड र बार्सिलोना आमनेसामने हुँदैछन् ।

फुटबलका समीक्षकहरुले यी दुई बीचको खेललाई महाभिडन्तको संज्ञा दिएका छन् । ‘लालिगा’ उपाधिका लागि यो खेललाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । बार्सिलोनाले ३२ खेल खेल्दै ७२ अङ्क जोडेको छ एक खेल कम खेलेको रियल मड्रिडको ७५ अङ्क छ ।

टिमको अवस्था हेर्ने हो भने रियल मड्रिडका  डानी कार्भाजल, टोनी क्रुस र ग्यारेथ बेल पनि फिटनेसका कारण मैदानमा उत्रनेमा निश्चिन्त छैनन् । यस्तो हुँदा पनि बार्सिलोनाला आज मौकाको फाईदा उठाउन सक्नेछ ।

त्यस्तै बार्सिलोनालाई पनि नेयमर बिना नै मैदानमा उत्रन पर्दा ठूलै झड्का लाग्न सक्छ । मलागा विरुद्धको खेलमा अभद्र व्यवहार गरेका कारण नेयमार मैदानमा देखिने छैनन् । यसले पनि बार्सिलोनालाई निकै असर गर्नसक्ने फुटबल समीक्षकहरुको दाबी छ ।

ला लिगा फुटबलमा रियल म्याड्रिडका स्टाइगर क्रिस्टियानो रोनाल्डोले २८ खेलमा १६ गोल गरेका छन् । बार्सिलोनाका स्टाइगर लियोन मेसिले ३२ खेलमा २१ गोल गरेका छन् ।