October 23, 2017

स्थानीय निर्वाचन पञ्चायत कालदेखि नै चरण–चरणमा : (हेर्नुहोस इतिहास)

काठमाण्डौ,१० वैशाख । पञ्चायतकाल र २०४६ को राजनीतिक परिवर्तनपछि भएको सबै स्थानीय निर्वाचन दुई वा त्यो भन्दा बढी चरणमा भएका छन् ।

२०३९ मा ४,०२२ गाउँ पञ्चायत र २९ नगरपालिकाका लागि बैशाख २८ गते र ३१ गते तथा जेठ ३ र ४ गते गरी चार चरणमा निर्वाचन भएको थियो । २०४३ मा चैत ७ र १० गते दुई चरणमा निर्वाचन भएको थियो । त्यतिखेर ४,०१५ गाउँ पञ्चायत र ३३ नगर पञ्चायत थिए ।

बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४९ मा ३,९९५ गाविस र ३६ नगरपालिकाको निर्वाचन जेठ १५ र १८ मा भएको थियो । त्यतिखेर दोस्रो चरणमा १,९६५ गाविस र २५ नगारपालिकामा भएको थियो । त्यसबेला एकै जिल्लामा पनि दुई चरणको निर्वाचन भयो । २०५४ मा ५८ नगरपालिका र ३,९१३ गाविसको निर्वाचन जेठ ४ र १३ मा भएको थियो । त्यतिबेला विकास क्षेत्रअनुसार निर्वाचनको मिति तोकिएको थियो ।

अहिले २० बर्षपछि हुन लागेको ४८१ गाउँपालिका र २६३ नगरपालिका (संख्या घटबढ हुन सक्ने) मा प्रदेश नम्बर ३, ४ ५ र ७ मा जेठ ३१ मा चुनाव गराइनेछ ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ ।