August 17, 2017

स्थानीय निर्वाचनको जिम्मेवारी पुरा गर्छौ : प्रधान सेनापति

रमेश कुमार पाण्डे /सुर्खेत २६ चैत्र । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्थानिय निर्वाचन सम्पन्न गर्नका लागि नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी पुरा गर्ने बताएका छन ।

वीरेन्द्रनगरको मंगलगढीस्थित सैनिक महाविद्यालयमा मध्यपश्चिमाञ्चल क्षेत्रका भूतपूर्व सैनिकहरुको सम्मेलन उद्घाटनकाक्रममा  सेनापति क्षेत्रीले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचममा जस्तो सुकै परिस्थितिमा आएपनि सरकारले दिएको जिम्मेवारी पुरा गर्ने बताए ।

क्षेत्रीले भूतपूर्व सैनिकहरुलाई आत्मनिर्भर बनाउन विभिन्न सिपमुलम कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । नेपाल सेनाको सैनिक कल्याणकारी कोषबाट अवकाश प्राप्त सैनिक र तिनका परिवारहरुलाई विभिन्न लघुवित्तका कार्यक्रमहरु सञ्चालन गरेर व्यवसायिक बनाउन सहयोग पुर्याएको क्षेत्रीले उल्लेख गरे ।

कोषमा ३६ अर्ब ४ करोड २८ लाख ९३ हजार रकम रहेको रकमबाट आएको व्याजले अवकास प्राप्त सैनिक, तिनका परिवार र बहालवाला सैनिकहरुका लागि विभिन्न लघुवित्तका कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँले उल्लेख गरे ।

सम्मेलनमा मध्यपश्चिमका सुर्खेत, जाजरकोट, दैलेख, कर्णाली अञ्चलका सँस्कृती झल्कने झाँकीहरु देखाइएको थियो ।