October 21, 2017

स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक, बैशाख १६ मा उम्मेदवारी दर्ता

काठमाण्डौ, १२ फाल्गुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार बैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । सरकारले बैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको हो । जस अनुसार बैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

मुख्य र निर्वाचन अधिकृतको कार्यलय, गाउपालिका र नगरपालिका केन्द्रमा उम्मेदवारी दर्ता गर्नु पर्नेछ । १७ गते दाबी विरोध र मनोनयन पत्र जाच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।