October 18, 2017

स्थानीय निर्वाचनका लागि राष्ट्रिय सहमति आवश्यकः सुजाता कोईराला

काठमाण्डौ, २६ फाल्गुन । नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमति बिना स्थानीय निर्वाचन सम्भव नभएको बताएकी छिन् ।

रफत सञ्चार क्लबमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सबै दलको सहमति नभई घोषणा गरिएको निर्वाचन सम्भव नभएको बताइन् ।

दलहरुबीच बारम्बार झगडा गर्ने, समस्या ल्याउने र कुनै न कुनै बहानामा झगडा बनाइराख्ने कारण नेपालको अन्तर्राष्ट्रिय बदनाम भएको उनले बताइन् । सबैले संमयता र धैर्यता गरेर निर्वाचनमा जानुपर्नेमा उनको जोड छ ।

मधेशी मोर्चाको संविधान संशोधनको मागलाई काँही कतै समावेश गर्न आवश्यक भएपनि पूर्ण रुपमा सबै कुरा एकैचोटि संविधानमा समावेश गर्न नसकिने स्पष्ट पारिन् ।

उनले सप्तरी काण्ड घट्नुको मुख्य कारण सरकारको कमजोर सुरक्षा नीतिकै कारण भएको बताउँदै सरकारको बच्चापनले यस्तो समस्या आएको उल्लेख गरिन् ।

कुनै पनि पार्टीले शान्तिपूर्ण सभा समारोह गर्न पाउने बताउँदै उनले एमालेका नेता कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताले संरक्षण गरेर जोगाएको दाबी गरिन् ।