June 26, 2017

स्थानीय तह पुर्नसंरचनाप्रति सांसदहरुको आपत्ती

१७ माघ, काठमाण्डौ । सासंदहरुले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन हचुवाका भरमा ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।

व्यवस्थापिका–ससद्को सोमबार बसेको बैठकमा नेपाली काँग्रेसका सांसद् फरमुल्लाह मन्सुुरले जनसङ्ख्या र भूगोलका आधारमा प्रतिवेदन तयार गर्नुपर्नेमा त्यसो नभएको भन्दै आपत्ति जनाएका छन । उनले आयोगको प्रतिवेदन संविधानको मर्मअनुरुप नभएको भन्दै खारेज गर्न माग गरे ।

बैठकमा एमालेका सांसद् विनोद श्रेष्ठले बैदेशिक रोजगारीमा जानेहरुको बिचल्ली हुनेगरेका नेपालीको हकहितका लागि पर्याप्त पहल नगरेको भन्दै सरकारको आलोचना गरे ।