August 20, 2017

स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक पारित

 १९ माघ, काठमाडौं । संसदको राज्यव्यवस्था समितिले स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

सिंहदरबारमा बुधवार बसेको बैठकले समितिका सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित उपसमितिले दिएको सुझावसहितको विधेयक पारित गरेको छ । उपसमितिले सरोकारवालाहरुसंग दफाबार छलफलपछि प्रतिवेदन तयार पारेर हिजो पूर्ण समितिमा पेश गरेको थियोे । समितिको बैठकमा निर्वाचनका लागि ‘थ्रेसहोल्ड’ कति राख्ने भन्ने विषयमा छलफल भए पनि टुंगोमा पुग्न नसेकेको समिति सदस्यहरुले जनाएका छन् ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका साना पार्टीले थ्रेसहोल्ड राख्न नहुने अडान राखेका छन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेसहोल्ड राख्ने विषयमा आफूहरुको असहमति रहेको बताएका छन भने ठूला दलका नेताहरुले निर्वाचनमा थ्रेसहोल्ड राख्ने बताएका छन् ।

एमाले सांसद रामेश्वर फुयांलले थ्रेसहोल्डसम्बन्धी विवाद छलफल गरी टुंग्याउने जानकारी दिए । ठूला दलले निर्वाचनका कम्तीमा तीन प्रतिशत थ्रेसहोल्ड राख्न माग गर्दै आएका छन् ।