August 18, 2017

स्थानिय चुनावको औचित्य छैन : विप्लव

काठमाण्डौ २० फाल्गुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्रबिक्रम चन्दले बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको चुनावको औचित्य नभएको बताउनु भएको छ ।

पार्टीको हालैं रोल्पामा सम्पन्न आठौं महाधिवेशनपछि पहिलो पटक राजधानीमा पत्रकार सम्मेलन गर्दै महासचिब चन्दले यो निर्वाचनले जनताका समस्या समाधान नगर्ने बताउनुभयो ।

महासचिव चन्दले भारत विस्तारवादी मात्र नभई नबसाम्राज्यवादी भएको धारणा राख्नुभयो । भारतले सिक्किम, कास्मिर, गोवा जस्ता राज्यलाई खाएर साम्राज्यवादी चरित्र पुष्टि गरिसकेको उनले बताए । उहाँले  महाधिबेशनबाट ८१ सदस्य केन्द्रीय कमिटी चयन जानकारी समेत दिए ।