स्थानियकाे कुटपिटबाट पाँचथरमा वडा अध्यक्षकाे मृत्यु

पाँचथर १७ चैत्र । पाँचथरमा स्थानियकाे कुटपिटबाट वडा अध्यक्षकाे मृत्यु भएकाे छ ।  पाँचथरको हिलिहाङ गाउँपालिकामा स्थानीयको कुटपिटबाट वडा नम्वर–७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको हाे।

सोही वडाको सम्मेवा–तम्फुवा–आम्मेजानी–आरुबोटे मोटरबाटोको सम्मेवा खण्डको अनुगमनको क्रममा विवाद भएपछि स्थानीय केही व्यक्तिहरुले वडा अध्यक्ष तिम्सिनालाई कुटपिट गरेका थिए । पछि उनकाे उपचारकाक्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भयो ।

सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार चुडिएकाे विषयमा सोही वडाका भीमकुमार यक्पाङदेन र उनको छोरा सुवास यक्पाङदेनले कुटपिट गरेका थिए। तिम्सिना नेकपा एमालेबाट निर्वाचित भएका थिए।