April 26, 2017

स्तन र लिङ्गको आकार बढाउनका लागि नेपाली महिलाहरुको तस्करी हुने गरेको खुलासा

काठमाण्डौं, ३ चैत्र । यौन व्यवसायका लागि भारतका सहरहरुमा नेपाली चेली बेचिने गरेका खबरहरु त बेला बेलामा चर्चामा आइरहन्छन तर नेपाली चेलिबेटीहरुलाई छालाको प्रयोजनका लागि तस्करी गरेर भारत पुर्याइन्छ भन्ने खबर सुन्दा जो कोही लाई पनि आश्चर्य लाग्न सक्छ ।

सिङ्गापुरबाट प्रकाशित हुने दैनिक पत्रिका द स्ट्रेट्स टाइम्सको अनलाईन सँस्करणमा १० मार्चमा प्रकाशित समाचारले नेपालका ग्रामिण भेगका चेलीहरु छालाको प्रयोजनका लागि तस्करी भैरहेको खुलासा गरेको छ ।

समाचार सँस्था रोयटर्सको अनुसन्धानात्मक रिपोर्ट भन्दै द स्ट्रेट्स टाइम्सको अनलाईन सँस्करणमा भनिएकोछ – ‘ अन्तर्राष्ट्रिय कस्मेटिक बजारमा स्तन र लिङ्गको आकार बढाउनको लागि गरिने प्लाष्टिक सर्जरीमा महिलाहरुको छाला प्रयोग हुन्छ । उक्त छाला नेपाली महिलाहरुबाट उपलब्ध गराइन्छ ।’

समाचारमा भनिएको छ – ‘ छालाका लागि नेपाली महिलाहरलाई तस्करी गरेर भारत पुर्याइन्छ । भारतीय समाचार वेबसाइट युवा कि आवाज (भ्वाइस अफ द युथ) को अनुसन्धानले नेपाली महिलाको पछाडि भागको  १ सय ३० स्क्वायर सेन्टिमिटर छाला निकालिन्छ र  कम्तिमा १ सय ५० अमेरिकी डलर बिक्रि गरिन्छ ।’

छाला निकाल्नका लागि नेपालका कुन कुन जिल्लाबाट नेपाली चेलीहरु भारत तस्करी गरिन्छन र हालसम्मकाे सँख्या के छ भन्ने विषयमा रिपोर्टमा उल्लेख गरिएको छैन । रिपोर्टले आर्थिक अवस्था कमजोर भएका गरिब महिलाहरु छालाका लागि बिक्रि भइरहेको मात्र बताएको छ ।

रोयटर्सको जिज्ञासामा नेपालका  महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले छालाका लागि नेपाली महिलाहरुको तस्करी हुने गरेको रिपोर्ट थाहा पाएर चकित परेको बताएका छन् ।

मन्त्री खडकाले रिपोर्टबाट आफु गम्भिर भएको बताउँदै यसबारे अनुसन्धान गरेर वास्तविकता अनुसार यसमा संलग्नहरुलाई कारबाही गर्ने जानकारी दिए ।

कामको बाहनामा या यौनशोषणको लागि नेपाली चेलीहरुलाई भारतसम्म लगिने गरेको सबैलाई थाहा छ । यहाँसम्म कि मृगौला प्रत्यारोपणका लागि पनि बेचिने गरेका छन् । तर मानव छालाका लागि तस्करी गरिने कुरा चाँहि यसअघि सुनिएको थिएन ।

भारतीय पत्रकार सोमा वासुका अनुसार, ‘नेपाली महिलाहरुको तस्करी गरिन्छ र मुम्बईजस्ता भारतीय शहरका वेश्यालयमा पुर्‍याइन्छ र छाला बेच्नसम्म बाध्य पारिन्छ । ‘केही महिलाहरुलाई नशामा पारिन्छ अनि तिनीहरुको छाला निकालिन्छ ।’ उनले भने ।

निकालिएका छालालाई भारतकै अवैध प्रयोगशालाहरुमा लगेर प्रशोधन गरिन्छ अनि अमेरिका लगायत पश्चिमी राष्ट्रहरुमा प्लास्टिक सर्जरीका लागि निर्यात गरिने  कुरा रिपोर्टमा उल्लेख भएको बताइएको छ ।

महिला अधिकारकर्मीहरुले सरकारले यसबारे ध्यान दिनु पर्ने बताउदै यस्ता कार्यलाई रोक्न स‌‌म्वेदनशील जिल्लाहरुमा  सर्वसाधरणमा जनचेतना जगाउनु पर्छ भनेका छन ।

‘सरकार यसबारे चिन्तित भएर महिलाको रक्षा गर्नुपर्छ ।’ शक्ति समूहकी सुनिता दनुवारले बताइन् ।शक्ति समूहले तस्करीमा परेका महिलालाई पुनर्स्थापित गर्ने गर्दछ । थोम्सन रोयटर्स फाउन्डेसन