August 16, 2017

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

जगदिश खनाल
नुवाकोट, १ वैशाख । काठमाण्डौबाट ककनी जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ भने एकजना घाइते भएकी छिन् ।

आज बिहान ककनी गाँउपालिका–१ पहिरो भन्ने स्थानमा स्कुटर दुर्घटना हुदाँ चालक तार्केश्वर नगरपालिका–११ जरङ्खुकी रुपा तामाङको मृत्यु भएको प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

नयाँ वर्ष मनाउन साथीहरुसँग ककनी आउँदै गरेको समयमा सवारी दुर्घटना हुदाँ २० वर्षीया तामाङको घटनास्थलमा नै ज्यान गएको हो । दुर्घटनामा स्कुटरको पछाडी बस्ने २२ वर्षीया सिर्जना श्रेष्ठ घाइते भएकी छिन् । उनलाई उपचारको लागि काठमाण्डौ ल्याइएकाे प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।

बा.७९ प ९०९८ नम्बरको स्कुटर पासाङल्हामु सडक खण्डको ककनी गाउँपालिका–१ मा रहेको पहिरोमा अनियन्त्रित भएर सडकबाट २० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।