August 22, 2017

सोमालियामा हैजाको प्रकोपबाट सय बढीकाे मृत्यू

काठमाण्डौ, २२ फाल्गुन । साेमालियामा हैजाकाे प्रकाेपबाट कम्तिमा १ सय १० जना मानिसकाे मृत्यु भएकाे छ । मृतककाे सँख्या अझै बढनसक्ने सोमालियाका प्रधानमन्त्री हसन अली खैरिले बताएका छन ।

सोमालियाको दक्षिणतर्फ गत दुई दिनदेखि यो समस्या देखिएको हो । प्रधानमन्त्रीले भने,‘यो घटनामा परेकाको उद्धार गर्नु नै सरकारको प्रमुख प्राथमिकता भएको छ ।’

सोमालियाको दक्षिण प्रान्तका कृषिमन्त्री मोहम्मद हसन फिकीले हैजा नियन्त्रणबाट बाहिर रहेको र सरकार र अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोगको आशा गरिएकाे बताएका छन ।