October 17, 2017

सोमालियामा राष्ट्रिय विपदको घोषणा

काठमाण्डौ, १९ फाल्गुन । अफ्रिकी देश सोमालियामा राष्ट्रिय विपदको घोषणा गरिएको छ ।

लामो समयको खडेरीका कारण खाद्यान्न संकट उत्पन्न भएको भन्दै सोमालिया सरकारले राष्ट्रिय विपत घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले सोमालियामा भोकमरीको अवस्था आउन सक्ने चेतावनी दिए लगत्तै सोमालियाका राष्ट्रपति मोहमद अब्दुल्लाहीको कार्यालयले राष्ट्रिय विपत घोषणा गरेको हो ।

सोमालियामा झण्डै ६२ लाख मानिस खानाको अभावमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो २५ वर्षमा सोमालिया भोकमरीको चपेटामा पर्न लागेको यो तेस्रो पटक हो ।

सन् २०११ मा मात्र भोकमरीले २ लाख ६० हजार मानिसको ज्यान गएको थियो । ५ बर्ष मुनिका २९ हजार भन्दा बढी बालबाललिकको मृत्यु भइसकको छ । एजेन्सी