June 27, 2017

सोमालियाको राजधानी मोगादिसुमा कार बम विस्फोट, ३४ जनाको मृत्यु

काठमाण्डौ ९ फाल्गुन । सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम विस्फोटमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

घटनामा ५० भन्दा बढी घाइते भएका छन् । व्यस्त बजारमा बम विस्फोटका हुदा ठुलो धनजनको क्षती भएको
हो । अधिकारीहरुका अनुसार विस्फोट गरिएको गाडी मदिना जिल्लाबाट ल्याइएको थियो । सोमालियामा राष्ट्रपति मोहमेद अब्दुल्लाही निर्वाचित भएयता यो सबैभन्दा ठूलो आक्रमण हो ।

आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । सरकारले विद्रँेही अल शवावले आक्रमण गरेका हुनसक्ने आशंका गरेको छ । घटनाको राष्ट्रपति मोहम्मदले निन्दा गरेका छन् । (एजेन्सी)