June 24, 2017

सोमबार साँझ स्थानीय तहको चुनाव घोषणा हुन्छ –मन्त्री कार्की

काठमाण्डौ, ९ फल्गुन । सरकारले तराई मधेससहित विभिन्न स्थानमा स्थानीय तहको सीमांकन हेरफेर गर्ने र संख्या बढाउने भएको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको समितिले बुझाएको अध्ययन प्रतिवेदन स्वीकार गर्दे विभिन्न स्थानमा स्थानीय तहको सीमांकन हेरफेर गर्ने र संख्या बढाउने निर्णय गरेको हो ।
विज्ञहरुसँग छलफल गरेर पुनर्संरचना प्रतिवेदन टुंगाउन मन्त्री पाण्डे नेतृत्वको कार्यदललाई एक साताको समय दिने निर्णय भएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताएका छन् ।

बैठकले मंगलबारको संसद बैठकमा संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको उनले जानकारी दिए ।

प्रवक्ता कार्कीले सोमबार साँझ स्थानीय तहको चुनाव घोषणा गर्ने र मंगलबार संविधान संशोधन अघि बढाउने सरकारले तयारी गरेको बताए ।