May 23, 2017

सोफिया हयातको बाेल्ड किस सिन सोशल मिडियामा भाइरल

काठमाण्डौ, ३० फाल्गुन । हलिउडकी बोल्ड नायिका सोफिया हयातले आफ्नो हुनेवाला दुलाहा सँग किस गरेको सिन सोशल मिडियामा भाइरल भएको छ ।

यद्दपि उनले आफ्नो हुनेवाला दुलाहाको नाम भने सार्वजनिक गरेकी छैनन् । उनले सामाजिक सञ्जालमा यस्तो रोमान्टिक किस सिनको तस्बिर पोस्ट गरिन् , जुन तस्बिरले सामाजिक सञ्जालमा तरङ्ग उठेको छ ।

बिग बोसकी एक्स कन्टेस्टेन्ट समेत रहिसकेकी सोफियाले फोटोसँगै लेखिन्, ‘आई लभ यू सो मच । मैले जबसम्म तिमीलाई महशुस गरिन तबसम्म मलाई माया के हो थाहा थिएन ।’

साथै उनले मेरो पिता, पति मेरो माया र यी सबै चीजभन्दा तिमी बढि छौ, सम्म भन्न भ्याइन् । ‘तिमीले मेरो दिल पनि चोर्‍यो । मेरो हर सासमा केवल तिमी छौ ।’ उनले थपिन् ।