October 24, 2017

सोनी टिभिलाई ‘द ड्यानिस गर्ल’ प्रसारण नगर्न सेन्सरबोर्डको निर्देशन

काठमाण्डौ, १३ चैत्र । भारतीय सेन्सरबोर्डले सोनी पिक्चर्स नेटवर्कको च्यानल ‘सोनी लि प्लेक्स एचडि’ लाई ओस्कार अवार्ड जीतेको फिल्म ‘द ड्यानिस गर्ल’ प्रसारण नगर्न भनेको छ ।

यस ब्रिटिस–अमेरिकन रोमान्टिक जीवनी नाटकीय फिल्मको निर्देशक टम हुपर हुन् । इड्डे रेडम्याने लाई प्रमुख रोलमा राखिएर बनाइएको फिल्ममा उनलाई यौन पुनर्गठन सर्जरीबाट गुज्रिएको चरित्रको रुपमा चित्रण गरिएको छ ।

भारतीय चलचित्र बोर्डका अनुसार, यो फिल्मको विषयवस्तु र दृश्यहरु बालबच्चाका लागि उपयुक्त हुँदैन ।