October 20, 2017

सोनीको विवाद सुल्झ्याउन कपिललाई १ महिनाको समय

काठमाण्डौ, २२ चैत्र । ‘कमेडी नाइट्स विथ कपिल’ का मुख्य कलाकार कपिल शर्माले आफ्ना सहकर्मीसँग अभद्र व्यवहार गरेर झगडा गरेपछि विवादमा ताँनिदै आएका छन् ।

रिपोर्टका अनुसार, अहिले अाएर साेनी टिभिले कमेडियन कपिल शर्मालाई सुनिल ग्रोवरसँगको झगडापछि त्यो विवाद सुल्झ्याउन १ महिनाको समय दिएको छ ।

यदि उक्त समस्या हल गर्न सके कपिलको शो जारी राख्न सकिने कुरामा विचार गरिने सोनी टिभिले बताएको छ । सोनी टिभिले कपिलसँग १ सय ५ करोड भारुको सम्झौता पनि नविकरण गरेको छैन ।