June 27, 2017

सोनाक्षी अभिनित फिल्म ‘नूर’ को ट्रेलर सार्वजनिक

काठमाण्डौ, २४ फाल्गुन । सोनाक्षी सिन्हाद्वारा अभिनित फिल्म ‘नूर’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

यो फिल्म पाकिस्तानी लेखक सबा इम्त्यिाजको उपन्यास ‘कराँची, यू आर किलिङ मि’ मा आधारित छ । यो फिल्मको कथावस्तु नूर नामको पत्रकारको वरिपरि घुमेको छ ।

यसमा एक पत्रकारप्रतिको दुर्व्यवहार र प्रेम जीवनलाई देखाइएको छ । यस फिल्ममा सोनाक्षीको साथमा पुरव कोहली र शिवानी दण्डेकर पनि देखिने छन् । यो फिल्म अप्रिल २१ मा रिलिज हुने छ ।