September 25, 2017

सोनम भन्छिन्, ‘म १३ वर्ष हुदा दुर्व्यवहारमा परेको थिएँ ।’

काठमाण्डौ, २४ फाल्गुन । बलिउडमा आफ्ना कुरा राख्न नहिचकिचाउने नायिका हुन्, सोनम कपूर । अझ सेक्स र फेसनको बारेमा त उनी बढी नै खुल्छिन् ।

तिनै ३१ वर्षीया अभिनेत्रीले एउटा कुरा खुलाएकी छिन् । १३ वर्षको उमेरमा नै आफू दुर्व्यवहारमा परेको सोनमले भारतीय मिडियालाई बताएकी छिन् ।

आज पनि तिनै अभिनेत्री गर्वका साथ यौन र फेसनका बारेमा बोल्न पछि पर्दिनन् । उनी भन्छिन्, ‘कसैलाई पनि यो लुगा लगाउनुपर्छ वा लगाउन हुँदैन भन्ने अधिकार हुँदैन ।’ जसले जसरी चाहन्छ त्यसरी नै बाँच्न पाउने उनको भनाई छ ।

उसाे त सोनम कपूर बेलाबेलामा मिडियामा आउन चाहन्छिन् । यसको लागि उनले आफ्नो पहिरन र फेसनलाई प्रमुख हतियार बनाउने गरेकी छिन् ।