August 17, 2017

सेयर बजारमा सर्किट ब्रेक

काठमाण्डौ, १६ चैत्र सेयर बजार अस्वभाविक रुपमा वृद्वि भएपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाएको छ ।

ब्जार ५ प्रतिशतले बढेपछि स्टकले सर्किट बे्रक लगाएको हो ।स्टकका अनुसार मंगलबार बजार ७६ दशमलव ७९ प्रतिशतले बढेको छ । कुल १ सय ४४ कम्पनीको २५ लाख ९८ हजार ५ सय ५७ कित्ता सेयर एक र्अब ३९ करोड ४० लाख ३५ हजार ४ सय १९ मा खरिद बिक्री भएको थियो ।

उच्च वृद्वि भएपछि सेयर बजार बुलिस ट्रेन्डमा अगाडि बढाइएको हो । लगातार घट्दै आएको बजार करिब ४ महिनापछि उच्च विन्दुमा पुगेको हो । यो खबर आजको सौर्य दैनिकमा छ ।