June 27, 2017

सेयरकाे रकम नतिर्दा कलंकीको सिटी सेन्टर हस्पिटल बन्द

काठमाण्डौ, ४ वैशाख । काठमाण्डौको कलंकी चोकमै रहेको सिटी सेन्टर हस्पिटल बन्द भएको छ ।

एक वर्ष अघि करिब आठ करोड रुपैयाँमा डाक्टरद्वय बसन्त कुमार माथेमा र राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हस्पिटलको सेयर बिक्री गरे पनि उक्त रकम नतिरेर उल्टै हस्पिटल बन्द गराएका हुन् ।

तत्कालिन अध्यक्ष केदारप्रसाद प्रजापतिले पत्रकार सम्मेलन आयोजना गरी आठ करोड रुपैयाँमा बैंक, फाइनान्स र सहकारीको ऋण तिर्ने सम्झौता अनुसार माथेमा र बुर्लाकोटीलाई सेयर बिक्री गरेपनि उक्त सम्झौता अनुसार काम नगरेको आरोप लगाए ।

माथेमा र बुर्लाकोटीले बैंक तथा फाइनान्सको ब्याज तिरेको बताउने गरे पनि पछिल्लो समय हस्पिटल नै बन्द गरेर आफूहरुले हस्पिटल बेचिसकेको कारण यस विषयमा केही थाहा नभएको भन्ने गरेको जानकारी दिए ।