August 24, 2017

सेनालाई विकासमा लाग्ने वातावरण बनाइदिन संसदीय समितिको सरकारलाई निर्देशन

काठमाण्डौ ८ फाल्गुन । संसदीय समितिले नेपाली सेनालाई सडक निर्माण लगायत विकास निर्माणका काम गर्न सहज वातावरण बनाइदिन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आईतबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको बैठकले विकास निर्माणमा प्रयोग हुने वजेट विनियोजन र अन्य नीतिगत व्यवस्था सहज सेनालाई काम गर्ने सहज वातावरण निर्माण गरीदिन निर्देशन दिएको हो । चालु आर्थिक वर्षमा सेनाले निर्माण गर्ने सडकको लागि १५ दिनभित्र बजेट उपलब्ध गराउनु पर्ने समिति सभापति रवीन्द्र अधिकारीले बताए ।
बैठकमा रक्षा मन्त्री वालकृष्ण खाँडले सडक निर्माण लगायत विकास निर्माणका कार्यमा रक्षामन्त्रालयको समन्वयनमा सेनाले कार्य गरिरहेको बताए । खाँडले सरकारले विकाश निमार्णको लागि समयमा बजेट बिनियोजन नगर्दा समस्या हुने गरेको बताए ।

समिति सदस्यहरुले सेनाको समन्वयनमा भईरकेको विकास निर्माणको कार्य प्रभावकारी रुपमा सम्पन्न भईरहेको भन्दै थप बजेट विनियोजनमा जोड दिएका थिए ।