August 20, 2017

सेनापति क्रिकेटकाे उपाधि सैनिक आवासीयलाई

काठमाण्डौ, १८ फाल्गुन । सेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालय भक्तपुरले हात पारेको छ ।

मंगलबार सैनिक आवासीय महाविद्यालय भक्तपुर र डि.ए.भि.उच्च माध्यमिक विद्यालयबीच भएको फाईनल खेलमा सैनिक आवासीय महाविद्यालय, भक्तपुरले डि.ए.भि.उच्च मा.वि.लाई ४ विकेटले पराजित गरी उपाधिहात पारेको हो ।

सैनिक आवासीय महाविद्यालय भक्तपुरको खेल मैदानमा माघ २८ गते बाट सुरु भएको खेलमा १६ वटा माध्यमिक विद्यालयहरुका क्रिकेट टिमहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताका म्यान अफ दि सिरिज सैनिक आवासीय महाविद्यालय भक्तपुरका दिपक न्यौपाने भएका छन् ।

प्रधान सेनापति क्षत्रीले प्रतियोगितामा प्रथम हुने टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र नगद २५ हजार प्रदान गरेका छन् । त्यस्तै उपविजेता डि.ए.भि. उच्च मा.वि.लाई प्रमाण पत्र, मेडल, ट्रफी र नगद १५ हजार प्रदान गरेका छन् ।