August 19, 2017

सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

काठमाण्डौ, २२ चैत्र । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन सुरु हुने  सेतो मच्छिन्द्रनाथको रथजात्रा मंगलबारबाट सुरु भएको छ ।

मंगलबार जमलको तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्याइएको छ । रथलाई तानेर असन पुर्याए पश्चात राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति भण्डारी दर्शनका लागि सहभागी हुने सेतो मच्छिन्द्रनाथ ११३७ व्यवस्थापन समितिले जनाएको छ ।

असन पुर्याएको रथलाई सो ठाउँबाट हनुमाध्याखा हुँदै लगन टोलसम्म पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि टोलबासीले स्वागत गरी पर्वको रुपमा भोज खाने गरिन्छ ।

मंगलजबाट शुरु गरिएको रथजात्रा लगन टोलमा पुगेपछि सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई जनबहाद्यो, आर्यावलोकितेश्वर, करुणामयको रुपमा स्वीकार गरी पूजा गर्ने चलन छ ।