October 22, 2017

सुवासचन्द्र नेम्वाङको चुनौति मधेसी मोर्चालाई

काठमाण्डौ, २ चैत्र । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचनमार्फत् एमालेलाई हराउन मधेसी मोर्चालाई चुनौति दिएका छन् ।

व्यवस्थापिका संसदको बैठकमा नेम्वाङले स्थानीय तहको निर्वाचन वैशाख ३१ मा सम्पन्न गर्नैपर्ने धारणा पनि राखेका छन् । निर्वाचनमा दलहरु एकजुट भए संविधान कार्यान्वयन हुने उल्लेख गर्दै उनले घरझगडालाई बन्द गर्नुपर्ने बताए ।

एमाले जिद्दी र दम्भी भन्ने कतिपयलाई लागेको उल्लेख गर्दै नेम्वाङले दम्भी र जिद्दीलाई ठीक निष्कर्षमा जनताले पुर्‍याइदिने धारणा पनि राखेका छन् ।