सुर्खेतमा ओलीले भने – ‘सरकार निर्वाचनबाट भाग्दैछ’

रमेश कुमार पाण्डे /सुर्खेत ५ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय निकायको निर्वाचनवाट भाग्न खोजेको आरोप लगाएका छन ।

नेकपा एमाले ६ नम्वर प्रदेश कमिटीले सुर्खेतमा गरेको आमसभालाई सम्वोधन गदै ओलीले एमालेको पक्षमा बढ्दो जनलहर देखेर सत्ताधारी दलहरु आत्तिएको बताए ।
राष्ट्रियताको पक्षमा दृढ रुपमा उभिएकै कारण जनताले एमालेलाई विश्वास गरेको उल्लेख गदै उनले भने – ‘अबको चुनावमा एमालेले राम्रो नतिजा ल्याउछ भनेर अरु दलहरु चुनाव नगर्ने षडयन्त्रमा लागेका छन।’
कुनै पनि वहानामा चुनाव रोकिन नहुने उल्लेख गदै पूर्व प्रधानमन्त्री ओलीले चुनावको लागि एमाले अझ कडा रुपमा प्रस्तुत हुने उदघोष गरे ।
संविधान कार्यान्वयनको लागि निर्वाचनको विकल्प नभएको भन्दै उहाँले चुनावको लागि दृढताको साथ उभिन सरकारलाई आग्रह गरे ।
पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताधारी दलहरुको कारण चुनाव नहुने सम्भावना बढेको आरोप लगाए ।
उनले – ‘भने घोषणा गरेको चुनाव गर्न नसक्ने भए सत्ता छाडनुस।’ आमसभामा एमालेका महासचिव इश्वर पोख्रेलले चुनाव नगर्नको लागि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाए ।