August 17, 2017

सुर्खेतका ३१ वडामा कांग्रेसको अग्रता, एमाले पछिपछि

रमेशकुमार पाण्डे / सुर्खेत ३ जेठ ।  सुर्खेतका नौ स्थानीय तहका ९९ वटा वडामध्ये ३१ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेकाे छ । 
हालसम्म मतगणना सम्पन्न भएका सुर्खेतका स्थानीय तहका ३१ वडामध्ये धेरैमा नेपाली कांग्रेसको अग्रता कायम छ भने नेकपा एमालेले कांग्रेसलाई पछ्याइरहेको छ।
नेपाली कांग्रेस ३१ मध्ये १५, नेकपा एमाले १०, माओवादी केन्द्र पाँच र एउटा वडामा स्वतन्त्र प्यानल विजयी भएको छ। यी हुन् सुर्खेतका स्थानीय तहका वडामा निर्वाचित वडा अध्यक्षहरू:
नेपाली कांग्रेस
चौकुने गाउँपालिका २ मा मायाराम जैशी 
भेरीगंगा नगरपालिका २ मा नन्दबहादुर बुढा
भेरीगंगा नगरपालिका ३ मा जीतबहादुर सुनार
भेरीगंगा नगरपालिका ४ मा महावीर खत्री
लेकबेँसी नगरपालिका २ मा देवबहादुर पचभैया
लेकबेँसी नगरपालिका ४ मा खगेन्द्र रुचाल मगर
चिगाँड गाउँपालिका  ४ मा अम्बर चन्द
 बराहताल गाउँपालिका ५ मा तिलकबहादुर मस्र्याङ्गी
गुर्भाकोट नगरपालिका २ मा नोखबहादुर वली
गुर्भाकोट नगरपालिका ३ मा ओमप्रकाश बुढामगर
चिंगाड गाउँपालिका १ को अध्यक्षमा वीरबहादुर ओली
चिगाँड गाउँपालिका २ मा बुदे खत्री
बराहताल गाउँपालिका १ मा तुलाराम भारती
नेकपा एमाले
वीरेन्द्रनगर नगरपालिका १ मा गंगाराम सुनार
बराहताल गाउँपालिका २ मा युवराज कार्की
लेकबेँसी नगरपालिका १ मा मानबहादुर पुन
गुर्भाकोट नगरपालिका १ मा लालबहादुर खासुमगर
 गुर्भाकोट नगरापालिका ४ मा प्रसन्नकुमार शाह
चौकुने गाउँपालिका १ मा लक्षिराम आलेमगर
पञ्चपुरी नगरपालिका १ मा धनबहादुर थापा
सिम्ता गाउँपालिका १ मा मानसिंह कामी
लेकबेँसी नगरपालिका ६ मा भीमसेन पुन
लेकबेँसी नगरपालिका ३ मा थिरबहादुर चलाउने
नेकपा माओवादी केन्द्र
भेरीगंगा नगरपालिका १ मा नवराज कार्की
बराहताल गाउँपालिका ३ मा दत्तबहादुर बराल मगर
बराहताल गाउँपालिका ४ मा टेकबहादुर कठायत
चिगाँड गाउँपालिका ३ मा रेशम जीसी
लेकबेँसी नगरपालिका ५ मा खड्कबहादुर रास्कोटी
स्वतन्त्र प्यानल
बराहताल गाउँपालिका ६ मा खगेन्द्र गिरीको नेतृत्वमा रहेको स्वतन्त्र उम्मेद्ववारहरूको प्यानल विजयी भएको छ।