August 21, 2017

सुन तथा चाँदीको मूल्य बढ्यो

काठमाण्डौ, १७ चैत्र । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य आज पनि बढेको छ ।

बुधबार प्रति तोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन विहीबार सय रुपैयाँले बढेर ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

विहीबार चाँदीको भाउ पनि बढेको छ । बुधबार प्रतितोला ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर ८ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १२ सय ५२ डलर तथा चाँदीको मूल्य १८ दशमलब दुई–दुई डलर कायम भएको छ ।