August 18, 2017

सुन काण्डमा एसएसपी खत्री पक्राउ

२३ माघ, काठमाडौ । दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले खत्रीलाई आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।

सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो ।

विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै एसएसपी खत्रीलाई पनि त्यहाँबाट फिर्ता बोलाइएको हो ।

सुनको मालिक खोज्ने क्रममा प्रहरीले एयरपोर्ट भन्सारका केही कर्मचारीहरुलाई पनि पक्राउ गरिसकेको छ ।