August 17, 2017

सुनसरीमा १ सय ६५ मतदान केन्द्र निर्धारण

अमर काफ्ले, इनरुवा सुनसरी, ३ चेत्र । बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा १ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला मतदान स्थल समितिको बैठकले जिल्लामा १ सय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा सुरक्षा निकायका पदाधिकारहरुवीचको सहमतिमा मतदान केन्द्र तोक्ने सहमति भएको हो ।

चुनावको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था मजबुत बनाउने र सुरक्षाका दृष्टिले संवेदनशील हुन सक्ने स्थानहरुको अध्ययन गरी निगरानी र सर्तकता बढाउने सन्दर्भमा समेत बैठकमा छलफल भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीले डाकेको उक्त सर्वपक्षिय बैठक मधेश केन्द्रित दलहरुले भने बहिस्कार गरेका थिए ।

सुनसरीमा ४ लाख २९ हजार मतदाता रहेका छन् ।